Community Leadership 

Mahottari Dalit Janjati Utthan Sangh
Jaleshwor Mahottari Nepal

An organisation for Empowering Dalits, Janjati and Women to Empower Nation

About

view:  full / summary

News

Posted by mdjus59 on June 11, 2019 at 2:25 AM

मधेसी दलितका आँखामा समृद्धि

डेटलाइन तराई

सामाजिक मुद्दालाई बिर्सेर आर्थिक हितलाई मात्र हेरियो भने समृद्धि सुखद हुँदैन ।

जेष्ठ २४, २०७५चन्द्रकिशोर

काठमाडौँ — ‘एक पटक कथित उच्च जातिले आफ्नो छोरीको बिहेमा आएको बेहुला पक्षलाई छक्याउन जन्तीमा आएकाहरूको खुट्टा पखाल्न जिम्मा दिएका व्यक्तिलाई मखमलको कुर्ता पहिराइदिएका थिए’, देहाततिरका मान्छेहरू भन्छन्– ‘यसैगरी मधेसी दलितका लागि सरकारी प्रयत्न कस्मेटिक भएका छन् ।’

बहुतहको निर्वाचनपश्चात खासगरी संघीय सरकारले दिएको समृद्धिको नाराले पिंँधमा रहेको समुदायमा कतिको उत्साह, आशा र उज्यालो थपेको छ ? त्यसको खोजीनिती नगरेसम्म यो नारा धर्तीभन्दा पनि ‘गगनविहारी’ नै मानिन्छ । गगनविहारी अर्थात फगत आकाशको चक्कर लगाइराख्ने । शक्तिशाली संघीय सरकारले वर्षौंदेखि पाखा लगाइएका दलितलाई कसरी न्यायोचित रूपमा समृद्धिको सहयात्रामा समाहित गराउने हो ? यो गम्भीर चुनौतीको विषय भएको छ । समृद्धिको सपना भनेको त्यो सपना हो, जसले देशका सम्पूर्ण तह र तप्काका नागरिकको हकहित र विकासको न्यायोचित सुरक्षा तथा सम्बद्र्धन गर्न सक्छ । संघीय सरकारको मधुमास अवधिमा त्यसतर्फ पाइला लम्किएको भेटिन्छ त ?

सीमान्तीकरण र उत्पीडनको परिप्रेक्ष्यमा हेर्दा नेपालमा मधेसी दलितहरू सबैभन्दा बढी पिसिएको देखिन्छ । नेपालको कुल जनसंख्याको चार प्रतिशत र दलितभित्रको ४१.४४ प्रतिशत जनसंख्या मधेसी दलित समुदायले ओगटेको छ । तर दलित अधिकारकर्मीहरूले मधेसी दलितहरूको जनसंख्या योभन्दा बढी रहेको दाबी गर्छन् । प्रदेश २ को जनसंख्यामध्ये करिब २० प्रतिशतको हाराहारीमा मधेसी दलित छन् । जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको अधिकारबाट दलितहरू बञ्चित छन् ।

कानुनत: छुवाछूत दण्डनीय भए तापनि दलितहरूले अहिले पनि त्यो समस्या भोग्नुपरेको यथार्थ छ । छुवाछूत हेर्दाखेरी एउटै समस्या देखिए पनि दलितको कोणबाट हेर्दा यसले अन्य शोषण र विभेदहरूलाई मलजल गरेको देखिन्छ । कतिपय निर्वाचित दलित प्रतिनिधिहरू नै स्वतन्त्रता र समानताको उपभोग गर्न पाइरहेका छैनन् । मानवीय गरिमा प्राप्त गर्नु लोकतान्त्रिक समाजमा एउटा नागरिकको सार्वभौम अधिकार हो ।

जनआन्दोलन २०६२/०६३ पश्चातको अवस्था हेर्दा दलित आन्दोलन कुनै एउटै निश्चित विचारधाराको आधारमा अगाडि बढेको पाइँदैन । तर सार्थक पक्ष के हो भने भुइँ सतहसम्मै सुगबुगाहट सुरु भइसकेको छ । जसले मानवीय गरिमा प्राप्ति र शोषणबाट मुक्ति प्राप्त गर्ने संघर्षलाई बल दिइनुपर्छ भन्ने सोचाइ फैलिँदै गइरहेको छ । मधेसी समाजभित्र दलित एउटा यस्तो विशिष्ट वर्ग हो, जसले राज्यप्रश्रित विभेदका अन्य संरचनाहरूलाई भोग्दै गर्नुका साथै सामाजिक संरचनामा पनि असमानता व्यहोर्नु परिरहेको छ । दलितलाई अलिकति अनुकम्पा देखाउँदै आरक्षण, आर्थिक क्रियाशीलता वा आत्मसम्मानको प्रयत्न गरिदिँदैमा तिनका जाग्रत चाहनालाई न्युन गर्न सकिँदैन । दलित उद्धार, उत्थान वा उन्नतिको भन्दा पनि ‘दलित मुक्ति’का कुरा बढी जोडले उठाउन थालिएको छ ।

मधेसी दलितहरूले आफूमाथिको विभेद दुइटा औजारबाट निरन्तरता पाएको बताउँछन् । एउटा, पितृसत्ता र अर्को, वर्ण व्यवस्था । यो दुइटैको कारणले स्थापित वर्चस्वी वर्गको मूल्यलाई चुनौती दिएरै दलित दृष्टिको विकास हुँदैछ । कोही महात्मा गान्धीले दलित संघर्षलाई दिएको टेवालाई अपुग मान्छन् त कोही तिनको प्रयत्नलाई तत्कालीन भारतीय सन्दर्भमा समग्रतामा हेर्नुपर्ने बुझाइ पोख्छन् । कोही डा. बी.आर. अम्वेडकरमा समाधान भेट्छन् । केही वर्षदेखि मधेसी दलितभित्र पनि अम्वेडकरको पुनर्खोज सुरु भइसकेको छ । विस्तारै सामुदायिक संघर्षको एक प्रतीक पुरुषको रूपमा अम्वेडकरलाई लिइनुपर्छ भन्नेहरू बाक्लिन थालेका छन् । कोही–कोही अम्वेडकरका सीमा र सम्भावनाहरूलाई विवेचना गर्दै त्योभन्दा अगाडिको बाटो समाउनुपर्छ भन्नेहरू पनि छन् ।

मधेसी दलितहरू आफ्नो मुक्ति आन्दोलनलाई कसरी अगाडि बढाउने कुरा स्वयं उनीहरूकै विमर्शका कुरा हो । तर मलाई लाग्छ, भारतमा दलित आन्दोलनको सिकाइलाई आत्मसात गर्दै नेपाली सन्दर्भमा आफ्नालागि बाटो तय गर्नुपर्छ । यस कोणबाट काम हुन निकै बाँकी छ । मधेसी दलित विमर्शमा सैद्धान्तिक सवालहरू विस्तारैमात्रै प्रवेश गरेका छन् ।

अम्वेडकरको प्रसिद्ध पुस्तक ‘अनाइलेसन आफ कास्ट’ थोरैले पढेका छन् । भारतमा बहुजन राजनीतिको उद्भव एवं विकासले देखाएको आशा एवं निराशाबारे पनि फराकिलो मन्थनको आवश्यकता बढ्दै गरेको छ । जातिको उन्मूलन अम्वेडकरको अनुकरणीय बौद्धिकताको झलक दिन्छ । अम्वेडकर आफ्ना समयका एक अग्ला विचारक थिए । छिमेकी विहार प्रदेशको मुख्यमन्त्री नीतिशकुमारले भनेको कुरा मलाई यतिखेर पनि सम्झना हुन आउँछ, ‘भारतीय राजनीतिमा एक दलित अगुवा जगजीवन राम लामो समयसम्म सत्ताको शीर्षमा रहे र जनप्रिय पनि भए । अम्वेडकर र जगजीवन रामबीच फरक यही देखिएको छ कि जगजीवन राम अप्रसाङ्गिक हुँदै गएका छन्, तर अम्वेडकरमाथि झन्–झन् पुनर्खोज हँुदै गएको छ ।

मधेसी दलित मुक्ति विमर्शका सन्दर्भमा अप्ठ्यारो के देखिएको छ भने दलित जागरणका नाममा दलित जातिका नेतृत्वहरूले आफ्नै जातिगत आधारमा ऐतिहासिक एवं पौराणिक महापुरुषहरूको खोज गरेका छन् र तिनका नाममा आवधिक कार्यक्रमहरू गर्छन् । त्यसमा सत्ताका मान्छेलाई निम्त्याउँछन् र आफूलाई धन्य ठान्छन् । तर यसले भई के राखेको छ भने मधेसी दलितहरू आफैभित्र विभिन्न जातिहरूमा झन् बाडिँदै र टाढिँदै गइरहेका छन् । आफ्नैभित्र विभिन्न जात र थरका आधारमा फरकपना देख्ने अनि सत्तासंँग सौदाबाजी गर्दै छोटो बाटोबाट भर्‍याङ चढ्ने सोच देखापरेको छ । मधेसी दलितभित्र डोम, चमार, मुसहर, मेहतर, धोवी, दुसाध, तत्मा, खत्री, बाँतर, चिडिमार, खटिक, मिझार, सरभङ्ग, पासी, कोरी लगायतका छन् । यस्तो अवस्थाले दलित मुक्ति आन्दोलनलाई मजबुत बनाउनेभन्दा पनि जाति आन्दोलनमा अनुवाद गरिदिएको कतिपय बताउँछन् ।

मधेसी दलितहरूका समक्ष अनेकौं चुनौती छन् । राजनीतिक सवाल त हँुदै हो, त्योसँंगै सामाजिक शक्ति हासिल गर्नु मूलपक्ष हो । राजनीतिक सत्तामा जति–जति यिनहरूको हिस्सेदारी बढ्दै जान्छन्, सामाजिक शक्ति आर्जन गर्ने ताकत पनि थपिँदै जान्छन् । मधेसी दलित आन्दोलन राजनीतिक अवसरवादको सिकार हुँदै गएको आक्षेप पनि छ । जसले गर्दा समस्याको जरो कहाँ हो ? प्रहार कहाँनिर गर्ने हो ? सामाजिक न्याय कसरी प्राप्त गर्न सकिन्छ भन्ने प्रश्नहरूको सार्थक जवाफ खोजीभन्दा पनि ‘हाहु’तर्फ बढी लम्किएको छ । यसका लागि यस क्षेत्रमा क्रियाशील राजनीतिक दलहरू बढी जिम्मेवार छन् ।

उनीहरूले चकलेट वितरणलाई नै ‘मुक्ति’ भनेर परिभाषित गर्ने गरेका छन् । भन्न के खोजिएको हो भने दलित मुक्ति आन्दोलनलाई विचारधारासंँग जोडिनु जरुरी छ । दलित चिन्तन वा आन्दोलनको शक्ति वा सम्भावनामाथि तथा दशा एवं दिशामाथि विचार गर्नका लागि दलित मुक्तिका लागि कार्यरत विभिन्न धाराहरूलाई आधार बनाएर विचार गर्नुपर्छ । एउटा कुरा निश्चित छ, प्रदेश २ मा मधेसी दलितको जुन जनसांख्यिक बनोट छ, त्यसले देखाएको संकेत के हो भने अब आउँदा वर्षहरूमा यो एउटा बलियो राजनीतिक शक्तिको रूपमा विकसित हुँदैछ ।

प्रदेश २ को सरकारमा दलित उपस्थिति छैन । जुन तवरले दलितहरूबारे प्रादेशिक सरकारको संवेदनशीलता देखिनुपर्ने हो, त्यो बाहिरिएको छैन । वैश्वीकरणको चपेटामा दलितहरू झन् बढी कमजोर हुने र विस्थापित हुने परिस्थिति बन्दै गएको हो । मधेसी दलितहरूको भविष्यको प्रश्न उसको वर्तमानको संकटबाट निस्किन्छ, त्यसैगरी भविष्यको चिन्ता पनि स्वाभाविक नै हो । सार्वजनिक शिक्षा र स्वास्थ्यको खस्किँदो अवस्था र निजीतर्फ चर्किँदो मूल्यले यिनीहरू सताइँदैछन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि दलित बस्तीहरू विस्थापनमा परेका छन् ।

भूमाफियाहरूले के सहर के गाउँ सबैतिरको जग्गाको कृत्रिम मूल्यवृद्धि गरिदिएका छन् । जसले गर्दा रेमिटेन्समार्फत आर्जन गर्न पुगेका दलितहरूले घडेरी किन्न सकिरहेका छैनन् । ठूला परियोजना र चुरेमाथिको दोहनले सबभन्दा बढी दलितहरूमाथि नकारात्मक असर पार्ने भएको छ । प्रदेश २ कै केही जिल्लामा पानीको जसरी संकट देखापरेको छ । त्यसमा पानी माथिको पहुँच कायम राख्न अर्को चुनौती थपिएको छ । नागरिकता र भूमि अधिकारलाई मधेसी दलितसंँग जोडेर न प्रदेश सरकार नत संघीय सरकारले नै हेर्न भ्याएको छ ।

भूमि उत्पादनको महत्त्वपूर्ण साधन हो र संसाधन पनि । उत्पादक संसाधनमा न्यायपूर्ण हिस्सेदारीबाटै आत्मनिर्भरता र स्वावलम्बनको प्राप्ति हुनसक्छ । चर्को व्याजको मार्का त्यसैगरी छ । यिनीहरूमाथि हुने अपराधलाई यात छानबिन नै गरिँदैन वा मेलमिलाप गर्न दबाब दिइन्छ । कतिपय घटनाहरूलाई स्थानीय प्रहरी र वर्चस्वशाली समूहले ढाकछोप नै गरिदिने प्रवृत्ति अझै अन्त्य भएको छैन । रोजगारीको सुनिश्चितता, बेरोजगारी भत्ता, पारम्परिक ज्ञानको प्रबद्र्धन, सुरक्षा एवं न्यायमा सहज पहुँच, निर्वाचित प्रतिनिधिहरूलाई अधिकार प्रयोगको सुनिश्चिततामा अब पनि ढिलो गरिनु हुँदैन ।

एउटा प्रभुत्वशाली सीमित वर्गलाई लाभ पुग्नेगरी ल्याइने ठूला आयोजनाले सीमान्तकृत दलितहरूलाई लाभ दिन सक्दैन । साना आयोजनाहरू नै उनीहरूका निम्ति बढी लाभकारी हुनसक्छ । बहुतहको निर्वाचनपश्चात मधेसी दलितहरू कसरी चेपिँदै गएका छन्, त्यसको बारेमा खुल्ला मनले विमर्श हुनुपर्छ । प्रदेश २ को सरकारले आफ्नो लागि निर्धारित गरेको सार्वजनिक विदामा दलित मनोभावलाई तुष्ट पार्ने मौका दिएको छैन ।

मधेसमा सामाजिक अर्थ व्यवस्थाको एउटा आधारस्तम्भ थिए, दलित । यिनीहरूको सोझो सम्बन्ध गाँसिएको कृषि, पशुपालन, भवन निर्माण, छाला, माटो र काठसंँग जोडिएको सीपलाई अवमूल्यन गरिएको छ । मधेसी दलितहरू किन थातथलो छाडेर बाहिर रोजगारीका लागि जान्छन् ? त्यो खोज्न जरुरी छ । आर्थिक जीवनलाई कसरी सक्रिय बनाउन सकिन्छ ? पारम्परिक सीपलाई स्थानीय र प्रदेश सरकारले कसरी बजार दिन सक्छन् ? त्यो पनि एउटा पाटो हो । समावेशिता र आरक्षणको मर्मलाई जसरी खुम्चाइँदै लगिँदैछ, त्यसले पहिलो र अन्तिम असर पार्ने भनेको मधेसी दलितहरूलाई नै हो ।

मधेसी दलित समाज परिवर्तनको वेगमा भए पनि त्यसलाई अवरुद्ध पार्न कतिपय ठाउँमा स्थानीय तहमा निर्वाचित स्थान ओगटेकाहरू नै अझै क्रियाशील छन् । प्रदेससभा सदस्यहरूमा यस्तो प्रतिनिधिको कमी छैन, जसले दलित मुक्तिलाई केवल आर्थिक सवालसँंग मात्रै जोड्छन् । मधेसी दलितका लागि आर्थिक सवाललाई अलग राखेर सामाजिक सम्मानलाई मात्र जोड दिइयो वा सामाजिक मुद्दालाई बिर्सेर केवल आर्थिक हितलाई मात्र हेरियो भने पनि समृद्धि सुखद हुँदैन ।

[email protected]


प्रकाशित : जेष्ठ २४, २०७५ ०८:१६

About MDJUS

Posted by mdjus59 on June 11, 2019 at 12:55 AM

B. BACKGROUND/INTRODUCTION

Mahottari Dalit Janjati Utthan Sangh (MDJUS) is a non-political, non- profit oriented organization. MDJUS has been registered at District Administration Officer (DAO), Mahottari in 2059 (B.S.) and affiliated with Social Welfare Council, Kathmandu. It is located at Jaleshwor, Mohattori, in the Central Development region of Nepal.

The background history of the formation of MDJUS was mainly a must disturbing event which occurred in Pipara VDC in 2059 (B.S.). It was related to human rights violence by Upper Caste Groups against untouchable people. Social workers and university students of that area badly hurt with the incident and discussed about all forms of cast/class based violence, and social/economic discriminations prevailing in the society leading to conflict. They reached in a conclusion that the underlying causes for such violence and social evils are not only economic but also social, cultural and political structural causes. The structural causes have perpetuated poverty, social evils and discrimination and there is serious need of resolving the problem in more democratic an institutionalized manner. As a result of this discussion, a group of social workers, intellectual persons, university students agreed to initiate joint effort to fight against the structural causes of poverty and conflict and formed the organization.

C. VISION

 

Sustainable community based on social, economic, political and gender equality.

D. MISSION

• Organize and capacitate Dalits, Janjati, Women, Youth, Children and Marginal Farmers against Untouchability, Child labor, natural resource sector, Child Marriage, Human trafficking, Caste/class violence, Gender violence and all forms of social discrimination and violence.

• Strengthening the Dalit and disadvantage community to have equal share in the resources and dignified participation in the decision-making bodies.

• Fostering democratic methods to strengthen the democratic fabric the society and to bring, good governance, peace and progress.

• Empowering men and women for their equal development.

E. OBJECTIVEs

• Support for economic, social, educational, political development of Dalit, Janjati and backward community

• Advocate, lobby, organize and capacitate Dalits, Janjati, Women, Youth, Children and Marginal Farmers against Untouchability, Child labor, Child Marriage, Human trafficking, Caste/class violence, Gender violence, dowry system, curtain system and all forms of social discrimination and violence.

• Strengthening the Dalit and disadvantage community to have equal share in the resources and dignified participation in the decision-making bodies.

• Aware community to use safe and clean drinking water and promote sanitation and use of toilet.

• Support women and dalit janjati community to become self-sustain by providing skill oriented trainings and livestock rearing.

 

F. TARGET GROUPS

Primary Target groups of MDJUS are Women, Dalits, Janjati, Youth and Children and other Socially Excluded Groups of Nepalese Societies. Secondary target groups are policy makers and implementers who are responsible to protect, fulfill and promote the human rights of Women, Youths, Dalit, Janjati and Children and other Excluded Groups of Nepalese Societies.

G. SOURCE OF FUNDING

As MDJUS is a non-profit organization, a larger number of funding comes from donors, Embassies and International NGOs. Besides, MDJUS has mobilized its internal resource to generate its own fund. Membership contribution, rent from meeting and hall, overhead from mobilizing cooperatives organizations are other sources internal of funding.

H. BOARD COMPOSITION

SN Name Sex Ethnicity Position Education Tenure ( From- Till)

1 Shyam Sundar Das M Madhesi Dalit President B.Ed. 2072-4-10 to 2075-4-10

2 Gita Das F Madhesi Dalit Vice-President B.Ed 2072-4-10 to 2075-4-10

3 Binod Mandal M Madhesi Dalit Secretary SLC 2072-4-10 to 2075-4-10

4 Ranjan Kumari Thakur F Madhesi Dalit Treasurer I.A. 2072-4-10 to 2075-4-10

5 Ramkumar Yadav M Madhesi Dalit Member M.Sc. 2072-4-10 to 2075-4-10

6 Shyama Devi Paswan F Madhesi Dalit Member SLC 2072-4-10 to 2075-4-10

7 Kuber Das M Madhesi Dalit Member I.Com 2072-4-10 to 2075-4-10

8 Kiran Mandal F Madhesi Dalit Member Under SLC 2072-4-10 to 2075-4-10

9 Ganesh Das M Madhesi Dalit Member SLC 2072-4-10 to 2075-4-10

I. HUMAN RESOURCE\

S.N Name of Staff Sex Caste/

Ethnicity Education Position Area of Expertise Experience (Yrs) Staff Type (core/professional)

1 Ram Prasad Dhakal M Hill Bramhin M.A. in Economics Advisor Project planning, proposal writing, preparing guideline and strategy of organization, implementation support, consultant, Livelihoods Improvement 35 years Advisor/consultant –as and when required-Part time/professional

3 Sanjit Prasad Das

M Madhesi Dalit MA (sociology) ED Proposal writing, Project management, community mobilisation, Strengthening cooperatives, Livelihoods Improvement, Poverty alleviation-11 years 11 years Advisor/consultant –as and when required-Part time/professional

4 Suresh Thakur M Madhesi MA

(sociology) Consultant Project Management, implementation Proposal writing, community mobilization, youth mobilisation, Poverty alleviation-9 years 9 years Advisor/consultant –as and when required-Part time/professional

5 Surendra Prasad Shrestha M Janjati B.E in Civil Engineering Civil Engineer Civil engineering works, dessining and implementing, suryeing, Details engineering report preparation and community sub projects managing 32 yea

rs Part time/ Professional

6 Shree Narayan Yadav M Madhesi JTA JTA Extension of livestock and communication, Treatment/ vaccination of animal breeds, mobilize/motivate the communities, Livestock value chain, Agri enterprise & Market Development 21 years Part time/ Professional- as and when required

7 Hari Shankar Sah M Mashesi BBS (Admin and Finance Officer) Account keeping and financial issues 8 years Full Time/core staff

8 Purna Bahadur Basel-

M Hill Dalit BBS and MA in sociology 2nd running Wash Officer

(Fund board Support program) Water supply and sanitation social mobilisation, Poverty alleviation through Community based IGS/ME, Livelihoods Improvement, taking and providing SIYB training - 5 years 10 years Full time/core staff

9 Laxman Mandal M Janjati PCL Wash Motivator

(Fund board Support program) Water supply and sanitation, social mobilisation, Poverty alleviation, WASH 4 years Full time/professional

10 Ganesh Das

M Madhesi Dalit SLC Wash technician

(Fund board Support program) Water supply and sanitation,social mobilisation, Poverty alleviation 3.8 years Full time/professional

11 Ranjan Kumari Thakur F Bramhin I.Ed. Wash Motivator

(Fund board Support program) Water supply and sanitation,social mobilisation, Poverty alleviation 4.5 years Full time/professional

12 Ramekwal Paswan M Madhesi Dalit SLC Wash technician

(Fund board Support program) Water supply and sanitation,social mobilisation, 7 years Full time/professional

13 Rohit Kumar Singh M Rajput PCL Wash triggerer

(ODF-Fund board Support program) Water supply and sanitation,social mobilisation, 3 years Full time/professional

14 Rajesh Kumar Das M Madhesi I.Ed. Wash triggerer

(ODF-Fund board Support program) Water supply and sanitation, health, cooperative management 3 years Full time/professional

15 Sova Paswan F Madhesi dalit PCL Wash triggerer

(ODF-Fund board Support program) Water supply and sanitation, health 2 years Full time/professional

16 Amrita Mochi

F Madhesi dalit B.Ed. Wash triggerer (ODF-Fund board Support program) Social mobilization, WASH 5 years Full time/professional

17 Gita Das F Madheshi Dalit B.Ed. SM(JUP/PAF supported) Community mobilization in poverty alleviation programs, livelihood promotion 8 years Full time/professional

18 Rameshor Das M Madheshi Dalit B.Ed. SM(JUP/PAF supported) Community mobilization in poverty alleviation programs, livelihood promotion 8 years Full time/professional

19 Binod Mandal M Madheshi Dalit SLC SM(JUP/PAF supported) Community mobilization in poverty alleviation programs, livelihood promotion 6 years Full time/professional

20 Anil Das SM Madheshi Dalit SLC SM(JUP/PAF supported) Community mobilization in poverty alleviation programs, livelihood promotion 2 years Full time/professional

21 Pramod Paswan M Madhesi dalit 8 class Office assistant Office management 2 years Full time/core staff

News

Posted by mdjus59 on June 23, 2018 at 3:55 AM Comments comments (0)

मिति २०७५.०३.०८ गते महोत्तरीको सुगा घर भएको १२ वर्षिय वालक ब्लड क्यान्सरसंग रकमको अभावमा लडदै छन । धेरै रकम उपचारमा खर्च गरिसकेको र रकम अभावमा उपचारमा वाधा आउन थालेपछि वालकको जिवन रक्षाका लागि उनका पिता नागेन्द्र पासवान लाई महोत्तरी पत्रकार महासंघ को हलमा पत्रकार महासंघका अध्यक्ष कमलेश मण्डल ज्यु को रोहबर / हातबाट यस महोत्तरी दलित जनाजति उत्थान संघ महोतरीका अध्यक्ष श्री श्याम सुन्दर दास ज्यु ले रु. १०,००० दश हजार सहयोग स्वरूप प्रदान गरेको छ / अन्य सहयोगी साथहरु लाई अनुरोध छ /

News

Posted by mdjus59 on June 23, 2018 at 3:45 AM Comments comments (0)

मिति २०७५.०३.०८ गते महोत्तरीको सुगा घर भएको १२ वर्षिय वालक ब्लड क्यान्सरसंग रकमको अभावमा लडदै छन । धेरै रकम उपचारमा खर्च गरिसकेको र रकम अभावमा उपचारमा वाधा आउन थालेपछि वालकको जिवन रक्षाका लागि उनका पिता नागेन्द्र पासवान लाई महोत्तरी पत्रकार महासंघ को हलमा पत्रकार महासंघका अध्यक्ष कमलेश मण्डल ज्यु को रोहबर / हातबाट यस महोत्तरी दलित जनाजति उत्थान संघ महोतरीका अध्यक्ष श्री श्याम सुन्दर दास ज्यु ले रु. १०,००० दश हजार सहयोग स्वरूप प्रदान गरेको छ / अन्य सहयोगी साथहरु लाई अनुरोध छ /

News

Posted by mdjus59 on June 20, 2018 at 5:30 AM

आज मिति २०७५।०३।०६ गतेका दिन नेपाल दुर संचार प्राधिकरण काठमाडौको सहयोगमा महोत्तरी दलित जनजाति उत्थान संघ, महोत्तरी द्धारा संचालन हुन लागेको “सुचना संचार तथा प्रबिधिमा छात्रारयुवतीको पहुचँ सम्बन्धि ५ दिने तालिम” को उदघाटन कार्यक्रम सम्पन्न भयो । उक्त ५ दिने तालिमका प्रमुख अतिथि बर्दिबास नगर पालिकाका नगर प्रमुख श्री बिदुर कार्की ज्यु हुनु हुन्थ्यो भने उदघाटन कार्यक्रमको अध्यक्षता आयोजक संस्था महोत्तरी दलित जनजाती उत्थान संघ, महोत्तरी अध्यक्ष श्री श्याम सुन्दर दास ज्युले गर्नु भएको थियो ।

उक्त कार्यक्रमका अतिथिमा वडा अध्यक्ष राजन ढुंगाना (बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ) र जनता मा.वि.का प्रधानायध्यपक नेत्र रम्तेल ज्यु हुनु हुन्थ्यो । उक्त कार्यक्रमको उदघोषक आयोजक संस्थाका वास अफिसर श्री पुर्ण बहादुर बसेल हुनु हन्थ्यो ।

अध्यक्ष ः श्याम सुन्दर दास ( अध्यक्ष-महोत्तरी दलित जनजाती उत्थान संघ, महोत्तरी)

प्रमुख अतिथि ः बिदुर कार्की नगर प्रमुख

अतिथि ः राजन ढुंगाना वडा अध्यक्ष बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष

अतिथि ः नेत्र रम्तेल प्रधानायध्यपक

प्रमुख अतिथि बिदुर कार्की - नगर प्रमुख

- राम्रो कार्यक्रम छ यसले युवतिहरुको सुचना संचार प्रबिधिमा पहुँच पुर्याउन सहयोग गर्ने छ । सिमान्तकृत समुदायका युवतिहरुको पहुँचबाट टाढा रहेको सुचना संचार र प्रबिधिमा पहुँच पुर्याउन यस्ता खाले कार्यक्रमको आवश्यकता रहेको छ । अहिले संसार नै सुचना प्रबिधिमा टिकेको हुनाले भोलीका दिनमा प्रतिस्पर्धा गर्न पनि प्रबिधिको ज्ञान हुनु अति आवश्यक र बाञ्छनीय हुन्छ । यो ५ दिनको कार्यक्रम सफता पुर्वक सम्पन्न होस र उपब्धिमुलक होस भनि शुभकामना दिनु भयो ।


कार्यक्रमका अध्यक्ष -श्याम सुन्दर दास ( अध्यक्ष -महोत्तरी दलित जनजाती उत्थान संघ, महोत्तरी)

-यस कार्यक्रमले मावि स्तरमा अध्ययनरत युवतिहरुलाई सुचना संचार तथा प्रबिधि र यसको प्रयोग बारे जानकारी ज्ञान बढाउने छ । यस ५ दिने तालिममा इन्टरनेटको सहि प्रयोग गरि आफनो पढाईलाई समेत राम्रो बनाउन सकिने नजानेका कुराहरु साथि तथा शिक्षकहरु बाट टाढा भए पनि कसरी पता लगाउने, समाजमा रहेको बिभिन्न समाजिक कुरुतिहरु बालबालिका तथा महिला बिरुद्धको हिंसा, जातिय भेदभाव, बालबिवाह, मावन अधिकार हनन जस्ता घटनाहरुको बिरुद्ध जनचेतना फैलाउने र यस्ता घटनाको बिरुद्ध अवाज उठान गर्ने समाजिक संजालको प्रयोग जस्ता कुरामा केन्द्रित रहने छ । तालिम सक्रिय भइ सबै सहभागि छात्राले राम्ररी सिकनुस भनि यसले तपाईहरुको जिवनमा साकारात्मक सहयोग गर्ने छ भन्नु भयो ।


Rss_feed